'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।
'Nilo Prem' has come in Nepali literature in multiple meanings - sometimes like the high state of love like the blue sky, sometimes like the depth of sincerity like the blue ocean. But, does love always make life bright like the open blue sky? Or does love also leave indelible marks like ink in the lives of lovers? This novel, which arose from the police school in Sanga, is not just a love story of a couple - it is also a story of friendship, family relationships and the struggle to step into the difficult moments of life. Novelist Bajgain has presented it in a way that especially teenagers and young people consider it as their own story. This is the strong point of his writing. Many stories are read and abandoned, but this story continues to walk with the reader, even after reading it, it continues to roam in the reader's mind and heart because 'Blue Love' is not just love, it is also a color of our lives.